काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब वेस्ट ह्यामले मिडफिल्डर फ्लिन डाउन्सलाई अनुबन्ध गरेको छ ।
वेस्ट ह्यामले च्याम्पियनसिप क्लब स्वान्सीबाट फ्लिनलाई अनुबन्ध गरेको हो ।
गत सिजन उनले स्वान्सीका लागि ३२ खेल खेलेका थिए ।
२३ वर्षीय मिडफिल्डरले वेस्ट ह्यामसँग ५ वर्षको सम्झौता गरेका छन् ।
वेस्ट ह्याममा फ्लिनले १२ नम्बरको जर्सी लगाउने छन् ।