युभेन्ट्ससँग सम्झौता गर्न डी मारिया टुरिनमा
शुक्रबार, २४ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । अर्जेन्टिनी मिडफिल्डर एन्जल डी मारिया इटालीको टुरिन पुगेका छन् ।
इटालियन क्लब युभेन्ट्ससँग अनुबन्ध सम्झौताका लागि डी मारिया टुरिन पुगेका हुन् ।
डी मारियाको मेडिकलपछि औपचारिक सम्झौता हुनेछ ।
मिडफिल्डर डी मारियाले युभेन्ट्ससँग एक वर्षको सम्झौता गर्ने छन् ।
डी मारिया फ्री ट्रान्सफरमा युभेन्ट्समा अनुबन्धित हुन लागेका हुन् ।
३४ वर्षीय डी मारियाले सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका थिए ।
डी मारिया सन् २०१५ मा म्यानचेस्टर युनाईटेडबाट पीएसजी आएका थिए ।
डी मारियाले सात सिजन क्लबमा बिताएर पीएसजी छाडेका हुन् ।
पीएसजीका लागि उनले २ सय ९४ खेलमा ९१ गोल गरेका छन् ।
यस्तै १ सय ११ असिस्ट गरेका छन् ।
पीएसजीका लागि उनले १८ उपाधि जितेका छन् ।
युभेन्ट्ससँग सम्झौता गर्न डी मारिया टुरिनमा














-1770628505169.jpg&w=3840&q=75)