काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेड प्रि-सिजन भ्रमणका लागि शुक्रबार थाइल्याण्ड प्रस्थान गर्दैछ ।
पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो भने थाइल्याण्ड भ्रमणमा नजाने भएका छन् ।
पारिवारिक कारण रोनाल्डो थाइल्याण्डको भ्रमणमा सामेल नहुने बताईएको छ ।
तर, क्लब छाड्ने चर्चा चलिरहेको बेला रोनाल्डो थाइल्याण्ड नजानुलाई अर्थपूर्ण मानिएको छ ।
थाइल्याण्ड भ्रमणमा युनाईटेडले मंगलबार लिभरपुलसँग खेल्नेछ ।
त्यसपछि युनाईटेडको टोली अष्ट्रेलिया जाने छन् ।
रोनाल्डो पछिल्लो समय युनाईटेड छाड्ने योजनामा रहेका छन् ।
रोनाल्डोले युनाईटेडसँग क्लब छाड्ने अनुमति मागिसकेका छन् ।
यता युनाईटेड भने रोनाल्डोलाई क्लबमै राख्ने योजनामा रहेको छ ।
३७ वर्षीय फरवार्ड गत वर्ष युभेन्ट्सबाट युनाईटेड फर्किएका थिए ।
रोनाल्डो गत सिजन युनाईटेडको सर्वाधिक गोलकर्ता थिए ।
पाँच पटकको बालेन डी'ओर विजेता रोनाल्डोको युनाईटेडसँगको सम्झौता अझै एक वर्ष बाँकी रहेको छ ।