काठमाडौं । लिभरपुलका डिफेन्डर जोए गोमेजले क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।
लिभरपुलले बिहीबार डिफेन्डर गोमेजले संम्झौता नवीकरण गरेको जनाएको छ ।
इंग्ल्यान्डका डिफेन्डर गोमेजले क्लबमा थप पाँच वर्ष रहने गरि नवीकरण गरेका हुन् ।
अब गोमेज २०२७ सम्म एनफिल्डमा रहने छन् ।
२५ वर्षीय गोमेज २०१५ मा लिभरपुल आएका थिए ।
लिभरपुलका लागि गोमेजले १ सय ४२ खेल खेलिसकेका छन् ।
इंग्ल्यान्डका लागि उनले ११ खेल खेलेका छन् ।