काठमाडौं । प्रिमियर लिग क्लब लिड्स युनाईटेडले विंगर लुइस सिनिस्टेरालाई अनुबन्ध गरेको छ ।
लिड्सले कोलम्बियन विंगरलाई डच क्लब फेएनोर्डबाट अनुबन्ध गरेको हो ।
२३ वर्षीय लुइसले लिड्ससँग पाँच वर्षको सम्झौता गरेका छन् ।
उनी २०२७ को जुन ३० सम्म लिड्समा हुने छन् ।
डच क्लबमा ४ वर्ष बिताएर उनी इंग्लिस क्लब आएका हुन् ।
लुइसले डच टोलीका लागि १ सय १३ खेलमा ३५ गोल गरेका छन् ।
कोलम्बियाका लागि उनले ५ खेल खेलेका छन् ।