थाइ क्लबसँग एनआरटीको फराकिलो हार

काठमाडौं । थाइल्याण्ड भ्रमणमा रहेको नेपालको 'ए' डिभिजन क्लब न्युरोड टिम (एनआरटी) पहिलो मैत्रीपूर्ण खेलमा पराजित भएको छ ।
बिहीबार भएको मैत्रीपूर्णमा एनआरटी तेस्रो डिभिजन क्लब कासेम बन्डित युनिभर्सिटी एफसीसँग ५-२ गोल अन्तरले पराजित भएको हो ।
संजोक राई र स्टेफन समिरले एक एक गोल गरेपनि एनआरटी पराजित भएको हो ।
कासेमका लागि छायासर्न, सुचोन सा-एनगुआन्दी,सेउङ चान मुन, सुपाकृत पेटपोन र थिरासक खमराङसीले एक एक गोल गरे ।
खेलको २३ औं मिनेटमा संजोकले गोल गर्दै एनआरटीलाई अग्रता दिलाएका थिए । तर, ३२ औं मिनेटमा छायासर्नले गोल गर्दै थाइ टोलीलाई बराबरीमा ल्याएका थिए।
खेलको ४६ औं मिनेटमा कान नोले पेनाल्टीमा चुकेपनी ४७ औं मिनेटमा सुचोनले गोल गर्दै कासेमलाई २-१ को अग्रता दिलाए ।
४८ औं मिनेटमा समिरले गोल गर्दै एनआरटीलाई २-२ गोलको बराबरीमा ल्याए ।
त्यसफी ६४ औं मिनेटमा सेउङ, ८१ औं मिनेटमा सुपाकृत र इन्जुरी समयमा थिरासकले गोल गर्दै कासेमलाई ५-२ को जित दिलाए l
प्रि-सिजनको तयारीका लागि थाइल्याण्ड पुगेको एनआरटीले अब दोस्रो मैत्रीपूर्णमा चोनबुरी एफसीसँग आइतबार खेल्नेछ।
त्यस्तै एनआरटीले अर्को बुधबार थोनबुरी एफसीसँग तेस्रो मैत्रीपूर्ण खेल खेल्नेछ ।
यसअघि एनआरटीले मलेसियामा टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेलेको थियो । उक्त प्रतियोगिताको दुबै खेलमा एनआरटीले हार व्यहोरेको थियो ।









-1776431484410.jpeg&w=3840&q=75)


-1776414121120.jpeg&w=3840&q=75)
