रोनाल्डोका लागि १४ मिलियनको प्रस्ताव गर्दै चेल्सी
बिहिबार, २३ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो अनुबन्धका लागि चेल्सीले औपचारिक प्रस्ताव गर्ने भएको छ ।
चेल्सीले म्यानचेस्टर युनाईटेडका फरवार्ड अनुबन्धका लागि १४ मिलियन पाउण्डको प्रस्ताव गर्ने तयारी गरेको छ ।
रोनाल्डो पछिल्लो समय युनाईटेड छाड्ने योजनामा रहेका छन् ।
रोनाल्डोले युनाईटेडसँग क्लब छाड्ने अनुमति मागिसकेका छन् ।
३७ वर्षीय फरवार्ड गत वर्ष युभेन्ट्सबाट युनाईटेड फर्किएका थिए ।
रोनाल्डो गत सिजन युनाईटेडको सर्वाधिक गोलकर्ता थिए । तर, युनाईटेड लिगको छैटौं स्थानमा रह्यो । जसको कारण युनाईटेडले च्याम्पियन्स लिगको छनोट खेल्ने अवसर गुमाएको थियो ।
पाँच पटकको बालेन डी'ओर विजेता रोनाल्डोको युनाईटेडसँगको सम्झौता अझै एक वर्ष बाँकी रहेको छ ।
तर, रोनाल्डोले सम्झौता नसकिदै क्लबबाट बाहिरिने योजना बनाएको हो ।
रोनाल्डोका लागि १४ मिलियनको प्रस्ताव गर्दै चेल्सी









-1776431484410.jpeg&w=3840&q=75)


-1776414121120.jpeg&w=3840&q=75)
