एनआरटीले आज थाइ क्लबसँग खेल्दै
बिहिबार, २३ असार २०७९खेलपाटी संवाददाता

काठमाडौं । थाइल्याण्ड भ्रमणमा रहेको नेपालको 'ए' डिभिजन क्लब न्युरोड टिम (एनआरटी) ले आज बिहीबार स्थानीय क्लब कासेम बन्डित युनिभर्सिटी एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।
एनआरटीले पहिलो मैत्रीपूर्ण अन्तर्गत आज दिउँसो कासेमसँग खेल्ने तालिका रहेको छ । खेल नेपाली समय अनुसार २:४५ बजे सुरु हुनेछ ।
प्रि-सिजनको तयारीका लागि थाइल्याण्ड पुगेको एनआरटीले थप दुई क्लबसँग मैत्रीपूर्ण खेल खेल्नेछ ।
यसअघि एनआरटीले मलेसियामा टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेलेको थियो । उक्त प्रतियोगिताको दुबै खेलमा एनआरटीले हार व्यहोरेको थियो ।
एनआरटीले आज थाइ क्लबसँग खेल्दै









-1776431484410.jpeg&w=3840&q=75)


-1776414121120.jpeg&w=3840&q=75)
