पदभार लगत्तै उपाध्यक्ष तिमल्सिनाले भने, 'परिषदका विकृती र विसंगती निर्मूल पार्छु'

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदको रिक्त रहेको उपाध्यक्ष पदमा पिताम्बर तिमल्सिना नियुक्त भएका छन् । बुधबार एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषदका अध्यक्ष एवं युवा तथा खेलकुद मन्त्री जगतबहादुर बिश्वकर्माले तिमल्सिनालाई युवा तथा खेलकुद मन्त्रालयमा उपाध्यक्ष पद तथा गोपनियताको सपथ गराए ।
तिमल्सिनालाई खेलकुद विकास ऐन अनुसार सदस्य पदमा बहाल रहने अवधीभरका लागि उपाध्यक्षमा नियुक्त गरिएको खेलकुद मन्त्रीद्वारा हस्ताक्षरित पत्रमा जनाईएको छ ।
उपाध्यक्ष तिमल्सिनाले आजै राष्ट्रिय खेलकुद परिषदमा आफ्नो पद बहाली गरेका छन् । यस अघि पनि तिमलसिनाले २०६६ सालमा राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा नियुक्त भई चार बर्षिय कार्यकाल पुरा गरेका थिए ।
उपाध्यक्षमा नियुक्त हुनु अघि तिमल्सिना लगायत राजेश गुरुङ्ग तथा ईन्दिरा निरौलालाई मन्त्री परिषद्को निर्णय अनुसार राखेपको रिक्त रहेको सदस्य पदमा मनोनित गरिएको पत्र प्रदान गर्नुका साथै युवा तथा खेलकुद मन्त्री बिश्वकर्माले सदस्य पद तथा गोपनियताको सपथ गराएका थिए ।
उपाध्यक्षमा नियुक्त भए लगत्तै तिमल्सिनाले आफुले पुर्व राष्ट्रिय खेलकुद परिषदको उपाध्यक्षमा रहेर गरेको कार्यको मुल्याङ्कन गर्दै पुनः राखेपको सदस्यमा नियुक्त गरेकोमा मन्त्री परिषद्लाई र उपाध्यक्ष पदमा नियुक्त गरेकोमा खेलकुद मन्त्रीलाई धन्यवाद दिए । उनले परिषदमा देखिएको विकृती र विसंगतीलाई निर्मूल गर्न लागि पार्ने बताए ।










%20(1)-1777447778534.jpeg&w=3840&q=75)





