काठमाडौं । प्रिमियर लिग क्लब लिड्स युनाईटेडले स्पेनिस मिडफिल्डर मार्क रोकालाई अनुबन्धित गरेको छ ।
लिड्सले जर्मन क्लब बायर्न म्युनिखबाट मिडफिल्डर रोकालाई अनुबन्धित गरेको हो ।
२५ वर्षीय मिडफिल्डरले लिड्ससँग ४ वर्षको सम्झौता गरेका छन् ।
स्पेनका यू-२१ टोलीबाट खेलिसकेका उनले बायर्नका लागि २४ खेल खेलेका थिए ।
रोका २०२० मा स्पानियोलबाट बायर्न आएका थिए ।