काठमाडौं । इंग्लिस क्लब टोटेनहमले मिडफिल्डर एभेस बिसौमालाई अनुबन्ध गरेको छ ।
टोटेनहमले ब्राइटनबाट बिसौमालाई अनुबन्धित गरेको हो ।
२५ वर्षीय मिडफिल्डरले टोटेनहमसँग ४ वर्षको सम्झौता गरेका छन् ।
मालीका मिडफिल्डर बिसौमा २०१८ को जुलाईमा लिलबाट ब्राइटन आएका थिए ।
ब्राइटनका लागि उनले १ सय २४ खेल खेलेका छन् ।
टोटेनहमले उनलाई तेस्रो खेलाडीको रुपमा अनुबन्ध गरेको हो ।
यस अघि टोटेनहमले गोलकिपर फ्रेसर फोर्स्टर र इभान पेरिसिचलाई अनुबन्ध गरेको थियो ।