काठमाडौं । सेनेगलका फरवार्ड साडियो माने जर्मन क्लब बायर्न म्युनिखमा अनुबन्धित हुने पक्का भएको छ ।
इंग्लिस क्लब लिभरपुल माने बायर्नलाई बेच्न सहमत भएको छ ।
लिभरपुल ४१ मिलियन युरोमा माने बेच्न सहमत भएको हो ।
३० वर्षीय फरवार्डले जर्मन च्याम्पियनसँग ३ वर्षको सम्झौता गर्ने बताईएको छ ।
माने २०१६ मा साउथह्याम्पटनबाट लिभरपुल आएका थिए ।
उनले लिभरपुलका लागि प्रिमियर लिग, एफए कप लगायत ६ उपाधि जितिसकेका छन् ।
मानेले लिभरपुलका लागि २ सय ६९ खेलमा १ सय २० गोल गरेका छन् । यस्तै ४८ असिस्ट रहेको छ ।