ओलम्पिक दिवसमा स्क्वास
मंगलबार, जेठ ३१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । नेपाल स्क्वास एन्ड र्याकेट्स संघको आयोजनामा ओलम्पिक डे स्क्वास प्रतियोगिता हुने भएको छ ।
सो प्रतियोगिता बुधबारदेखि सुरु भएर शनिबार सम्पन्न हुनेछ ।
प्रतियोगतामा पुरुष ओपन, महिला ओपन, यु–१९ ब्वाइज, ५० वर्ष माथि उमेर समूहको भेट्रान ओपन र प्लेट च्याम्पियन्सीप इभेन्टमा प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा नेपालका सबै शीर्ष स्क्वास खेलाडीसहित कूल ६० जनाको सहभागिता रहनेछ ।
नेपाल स्क्वास संघका सदस्य राजेन्द्र शाक्यका अनुसार यो स्क्वास प्रतियोगिता नेपाल स्क्वास एन्ड र्याकेट्स संघको वार्षिक क्यालेन्डरमा रहेको हुँदा हरेक वर्ष आयोजना हुने गर्दछ ।
ओलम्पिक दिवसमा स्क्वास












-1761484988698.png&w=3840&q=75)
copy-1761474438174.jpg&w=3840&q=75)
-1761469666142.jpg&w=3840&q=75)

-1761464835584.webp&w=3840&q=75)