काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडले डिफेन्डर मार्सेलोलाई बिदाइ गरेको छ ।
रियलले सोमबार एक कार्यक्रमकाबीच कप्तान मार्सेलोलाई बिदाइ गरेको हो ।
बिदाइमा ब्राजिलियन डिफेन्डर मार्सेलो निकै भावुक भएका थिए ।
लेफ्ट ब्याक मार्सेलो १५ वर्ष रियलमा बिताएर क्लब छाड्न लागेका हुन् ।

३४ वर्षीय डिफेन्डर मार्सेलो २००७ मा रियल आएका थिए ।
रियलका लागि उनले २५ उपाधि जितेका छन् । जसमा ५ च्याम्पियन्स लिग रहेको छ ।
रियल मड्रिडका उनले ५ सय ४५ खेल खेलेका छन् । उनले ३८ गोल र १ सय ३ असिस्ट गरेका छन् ।
