काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर सिटीले नर्वेजियन युवा स्ट्राइकर एर्लिङ हालाण्ड अनुबन्ध गरेको छ ।
प्रिमियर लिग च्याम्पियन सिटीले सोमबार हालाण्डसँग औपचारिक रुपमा अनुबन्ध गरिएको जनाएको छ ।
हालाण्डलाई सिटीले जर्मन क्लब बोरुसिया डर्टमण्डबाट अनुबन्ध गरेको हो ।
२१ वर्षीय हालाण्डले सिटीसँग ५ वर्षको सम्झौता गरेका छन् ।
सम्झौतासँगै उनी २०२७ को जुलाईसम्म सिटीमा रहने छन् ।

हालाण्ड दुई सिजन डर्टमण्डमा बिताएर सिटी आएका हुन् ।
हालाण्ड २०२० मा आरबी साल्जवर्गबाट डर्टमण्ड आएका थिए ।
हालाण्डले डर्टमण्डका लागि ८९ खेलमा ८६ गोल गरेका छन् ।
नर्वेका लागि उनले २१ खेलमा २० गोल गरिसकेका छन् ।