काठमाडौं । इटालियन प्रशिक्षक आन्द्रे पिर्लो टर्किस क्लब फातिह कारागुम्रुक एसकेको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।
टर्किस क्लबले आइतबार पिर्लोलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।
टर्किस सुपर लिगा क्लबले पिर्लोलाई एक वर्षका लागि मुख्य प्रशिक्षक चयन गरेको हो ।
कारागुम्रुक एसकेले अहिलेसम्म टर्किस लिग जित्न सकेको छैन । गत सिजन कारागुम्रुक एसके लिगको आठौं स्थानमा रहेको थियो ।

युभेन्ट्सबाट बर्खास्तमा परेपछि पिर्लोले पहिलो पटक क्लब सम्हाल्न लागेका हुन् ।
युभेन्ट्सले २०२१ मे मा पिर्लोलाई बर्खास्त गरेको थियो ।
४३ वर्षीय पिर्लोको नेतृत्वमा युभेन्ट्सले कोपा इटालिया जितेको थियो ।