इंग्ल्यान्ड र इटालीको बराबरी
आइतबार, २९ जेठ २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत इंग्ल्यान्ड र इटालीले बराबरी खेल्दै अंक बाडेका छन् ।
समूह चरण अन्तर्गत शनिबार राति इंग्ल्यान्ड र इटालीले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।
प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।
यस बराबरीसँगै लिग ए समूह ३ को इंग्ल्यान्डले ३ खेलमा २ अंक जोडेको छ ।
इंग्ल्यान्ड पुछारमा रहेको छ ।
इटाली ३ खेल ५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।
इंग्ल्यान्ड र इटालीको बराबरी













-1770799852128.png&w=3840&q=75)

