काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा दक्षिण कोरियाले पाराग्वेसँग बराबरी खेलेको छ ।
शुक्रबार भएको खेलमा कोरियाले पाराग्वेसँग २-२ गोलको बराबरी खेलेको हो ।
खेलको २३ औं मिनेटमा मिगुएल अल्मिरोनले गोल गर्दै पाराग्वेलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेलको ४९ औं मिनेटमा मिगुएलले व्यक्तिगत दोस्रो गोल गर्दै पाराग्वेलाई २-० को अग्रता दिलाए ।
तर, खेलको ६६ औं मिनेटमा सन ह्युङ मिनले गोल गर्दै कोरियालाई २-१ को स्थितिमा ल्याए ।
त्यसपछि खेलको इन्जुरी समयमा जुङ वु योङले गोल गर्दै कोरियालाई २-२ गोलको बराबरीमा ल्याए ।