काठमाडौं । ढोलाहिटी प्रथम वडा अध्यक्ष कप खुला भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
चावहिल स्पोर्ट्स क्लबको आयोजनामा भइरहेको प्रतियोगितामा ढोलाहिटीले नुवाकोट दरबारलाई ३–२ गोलले पराजित गर्दै सेमिफाइनल पुग्ने पहिलो टिम बन्यो ।
ढोलाहिटीका विजय गुरुङले २ तथा नितिन गुरुङले १ गोल गरे । नुवाकोटका मनु गौतम तथा भरत थापाले १–१ गोल गरे ।
किङ कम स्पोर्ट्स क्लब र बौद्ध भेट्रान ‘ए’ क्वाटरफाइनलमा पुगे । किङ कमले सिन्धु स्पोर्ट्सलाई ३–० ले हरायो । विजयविक्रम शाह, विक्रम कार्की र प्रताप शाक्यले १–१ गोल गरे । बौद्धले हेटौंडाको कालभैरवबाट वाक ओभर पायो ।