काठमाडौं । अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जापानले फराकिलो जित निकालेको छ ।
शुक्रबार भएको खेलमा जापानले घानालाई ४-१ गोल अन्तरले हराएको हो ।
खेलको २९ औं मिनेटमा मिकी यमानेले गोल गर्दै जापानलाई सुरुआती अग्रता दिलाए ।
४४ औं मिनेटमा जोर्डनले गोल गर्दै घानालाई १-१ गोलको बराबरीमा ल्याए ।

तर पहिलो हाफको इन्जुरी समयमा मिटोमाले गोल गर्दै जापानलाई २-१ को अग्रता दिलाए ।
खेलको ७३ औं मिनेटमा ताकेफुसा कुबोले गोल गर्दै जापानलाई ३-१ को अग्रता दिलाए ।
त्यसपछि खेलको ८२ औं मिनेटमा डाईजेन माइडाले गोल गर्दै जापानलाई ४-१ को सहज जित दिलाए ।