काठमाडौं । इंग्लिस क्लब लिभरपुलका फरवार्ड डिभोक ओरिगीले क्लब छाडेका छन् ।
लिभरपुलले एक विज्ञप्ति निकाल्दै ओरिगीले क्लब छाडेको जनाएको छ ।
२७ वर्षीय ओरिगीले आठ वर्ष लिभरपुलमा बिताएर क्लब छाडेका हुन् ।
बेल्जियमका ओरिगी २०१४ मा लिलबाट लिभरपुल आएका थिए ।
उनी इटालियन क्लब एसी मिलान जाने बताईएको छ ।
यस्तै गोलकिपर लोरिस करिउसले पनि लिभरपुल छाडेका छन् ।
लोरिसले पछिल्लो सिजन युनियन बर्लिनबाट लोनमा खेलेका थिए ।
लिभरपुलले विंगर शेई ओजो, मिडफिल्डर बेन उडवर्न र एकेडेमीका अन्य तीन खेलाडीले समेत क्लब छाडेको जनाएको छ ।