• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
पुरुषोतमलाई नेकोस काठमाडौं मेट्रो चेसको उपाधि
खेलपाटी संवाददाता
आइतबार, जेठ २२, २०७९ खेलपाटी संवाददाता
पुरुषोतमलाई नेकोस काठमाडौं मेट्रो चेसको उपाधि

काठमाडौं । नेकोस काठमाडौं मेट्रो फिडे रेटिङ चेस प्रतियोगिताको उपाधी काठमाडौंका पुरुषोत्तम सिलवालले जितेका छन् ।

प्रतियोगितामा सहभागी ७१ जना प्रतिष्पर्धीलाई उछिन्दै दुई दिने प्रतियोगितामा शतप्रतिशत नतिजा हासिल गर्न सफल भएका सिलवालले ७ खेलबाट ७ अक बनाउँदै ७ हजार रुपैंया नगद पुरस्कार प्राप्त गरे ।

काठमाडौंका कुशल बेलबासे र तिलिङ्टार माविका पुर्णिमा गुरुङ समान ६ अंकका साथ दोश्रो तथा तेश्रो स्थान हासिल गर्दै क्रमशः ५ हजार तथा ४ हजार नगद प्राप्त गरे । त्यसैगरी बर्दियाका निशान्त श्रेष्ठ ५ दशमलब ५ अंकका साथ चौथो स्थानमा रहँदै ३ हजार नगद हासिल गरे भने ७ खेलबाट ५ अंक बनाएका कपिल घिमिरे पाँचौै हुदै नगद २ हजार प्राप्त गर्न सफल रहे ।

काठमाडौंकी मार्शल तामाङ ७ खेलबाट ५ अंक बनाउँदै महिलातर्फ उत्कृष्ट घोषित भईन । त्यसैगरी झापाकी पुनम प्रसाईं ४ अंकका साथ दोश्रो, युनिशा सुवेदी तेश्रो, सिवानी रिजाल चौथो तथा सबनम रिजाल पाँचौं स्थानमा रहन सफल भए ।

समान ५ अंक बनाएका अभिक शाह तथा अविन पाण्डे १४ वर्षसम्मको उमेर समुहमा क्रमशः पहिलो तथा दोश्रो स्थानमा रहन सफल भए । त्यस्तै समान ४ दशमलब अंक जोडेका आश्चर्य चौधरी तथा सागर सुप्रभ श्रेष्ठ तेश्रो तथा चौथो स्थानमा रहे भने आलोक चौधरी ४ अंकबा साथ पाँचौं भए ।

१० वर्ष सम्मको उमेर समुहमा लक्ष्य मोर ४ अंकका साथ पहिलो हुन सफल भए । त्यस्तै अग्रिम तामाङ, असिम महर्जन, ग्रिस्मन अधिकारी तथा तयाहाङ राई क्रमशः दोश्रो, तेश्रो, चौथो तथा पाँचौं हुन सफल भए ।

नेपाल खेलकुद महासंघ (नेकोस) र साउथ वेस्टर्न स्टेट कलेजको संयुक्त आयोजनामा भएको  प्रतियोगिताका विजेता खेलाडीलाई नेपाल खेलकुद महासंघका स्कुल विभाग प्रमुख प्रभात विक्रम कटवाल, साउथ वेस्टर्न स्टेट कलेजका प्रिन्सिपल डा. राजेन्द्र केसी, नेपाल बुद्धिचाल संघका सदस्य अन्र्तराष्ट्रिय आर्विटर उमेश केसी, ईन्टरनेशनल मोटिभेसनल स्पीकर भुवन राज चतौट, नेकोसका केन्द्रिय सदस्य नवराज खरेल, प्रमुख आर्विटर उतम ढुंगेल, कार्यक्रम संयोजक मिसन बास्कोटा, साउथ वेस्टर्न स्टेट कलेजका प्रोग्राम कोर्डिनेटर राजेन्द्र प्रसाद लामिछाने, स्पोर्टस डिपार्टमेन्ट प्रमुख सुदर्शन जमकटेल लगायतले मेडल, सर्टिफिकेट तथा ट्रफी प्रदान गरे । 

समापन समारोहलाई सम्बोधन गर्दै नेकोसका नेता कटवालले नेपाली खेलक्षेत्रको उठानका लागि नेपाल खेलकुद महासंघ सदैव तत्पर रहेको बताउँदै खेलक्षेत्रको विकासका लागि स्थानीय निकाय तथा शैक्षिक केन्द्रसँगको सहकार्यको जरुरी रहेको जानकारी गराए । त्यसैगरी साउथ वेस्टर्न स्टेट कलेजका प्रिन्सिपल डा. राजेन्द्र केसीले खेलकुदलाई शिक्षासँग जोडेर लानका लागि अग्रसरता लिने कुरा बताए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
मियामीको जितमा मेसीको २ गोल
मियामीको जितमा मेसीको २ गोल
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP