हंगेरीसँग हार्यो इंग्ल्यान्ड
शनिबार, जेठ २१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले हार व्यहोरेको छ ।
समूह चरण अन्तर्गत शनिबार राति इंग्ल्यान्डलाई हंगेरीले १-० गोल अन्तरले हराएको हो ।
हंगेरीलाई जित दिलाउन डोमिनिक सोबोस्लियाले निर्णायक गोल गरे ।
उनले खेलको ६६ औं मिनेटमा गोल गरेका हुन् ।
हंगेरीले १९६२ पछि पहिलो पटक इंग्ल्यान्डलाई हराएको हो ।
यस जितसँगै हंगेरीले पहिलो खेलमा ३ अंक जोडेको छ ।
लिग ए समूह ३ को हंगेरी शीर्ष स्थानमा रहेको छ ।
इंग्ल्यान्ड समूहको पुछारमा रहेको छ ।
हंगेरीसँग हार्यो इंग्ल्यान्ड












