एपीएफ र फ्रेन्ड्सबीचको खेल स्थगित

काठमाडौं । चौंथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप अन्तर्गत आज शनिबार तय भएको फ्रेन्ड्स क्लब र सशस्त्र प्रहरी (एपीएफ) क्लबबीचको खेल स्थगित भएको छ ।
पिप्ले–क्याम्पा रंगशालामा हुने भारी वर्षाको कारण फ्रेन्ड्स र एपीएफबीचको खेल स्थगित भएको हो । स्थगित खेल भोलि आइतबार बिहान हुनेछ ।
यस खेलको विजेताले क्वाटरफाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ।
प्रतियोगितामा साविक विजेता त्रिभुवन आर्मी फुटबल क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मर्स्याङ्दी क्लब, फ्रेण्डस् क्लब, खुमलटार युथ क्लब, नव जनजागुती युवा क्लब सिमरा, बागमती युवा क्लब सर्लाही, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी गरि १२ टोलीको सहभागीता रहेको छ।
विजेताले १५ लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् ।













