टेभेजद्वारा सन्यास
शनिबार, जेठ २१, २०७९खेलपाटी संवाददाता

काठमाडौं । अर्जेन्टिनाका स्ट्राइकर कार्लोस टेभेजले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् ।
टेभेजले ३८ वर्षको उमेरमा खेल जीवनबाट सन्यास घोषणा गरेका हुन् ।
पछिल्लो सिजन टेभेजले अर्जेन्टिनाको बोका जुनियर्सबाट खेलेका थिए ।
टेभेजले फुटबल खेल जीवनमा ७ सय ४६ खेल खेल्दै ३ सय ८ गोल गरेका थिए ।
अर्जेन्टिनाका लागि टेभेजले ७६ खेलमा १३ गोल गरे ।
टेभेजले इंग्लिस क्लब म्यान्चेस्टर युनाईटेड, म्यानचेस्टर सिटी, वेस्ट ह्यामबाट खेलेका थिए ।
यस्तै उनले युभेन्ट्स लगायत चिनियाँ क्लबबाट समेत खेलेका थिए ।
टेभेजद्वारा सन्यास












