पिकेसँग अलग हुने साकिराको घोषणा

एजेन्सी । पप गायिका साकिराले बार्सिलोनाका डिफेन्डर जेरार्ड पिकेसँग अलग हुने घोषणा गरेकी छिन् ।
आफुलाई धोका दिएको भन्दै साकिराले पिकेसँगको ११ वर्षको सम्बन्धमा पूर्णविराम लगाउने घोषणा गरेकी हुन् । उनीहरुका दुई बच्चा छन् ।
स्पेनिस क्लब बार्सिलोनाका सुपर स्टार जेरार्ड पिके पछिल्लो समय अलग हुने चर्चालाई लिएर रिसाएका थिए । पछिल्लो हप्ता मात्र पिकेको जोडी अलग हुने चर्चा सुरु भएको थियो ।
४५ वर्षिया पप स्टारले यस चर्चालाई पुष्टि गर्दै आफु अलग हुने घोषणा गरेकी हुन् ।
‘हामीलाई यस कुराको पुष्टि गर्न निकै दुख लागेको छ, तर हामी अलग हुदै छौं ।’ उनले भनेकी छिन् ।
‘हाम्रा बच्चाहरु हाम्रो प्राथमिकतामा छन् । उनीहरुको गोपनियताको तपाईहरुले सम्मान गर्नका लागि सोध्न चाहन्छौं ।’ साकिराले भनिन् ।
स्पेनमा पछिल्लो केही साता पिके अपार्टमेन्टम एक्लै बस्दै आएको चर्चा सुरु भएको थियो ।












