काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियम पराजित भएको छ ।
समूह चरण अन्तर्गत शुक्रबार राति बेल्जियमलाई नेदरल्यान्ड्सले ४-१ गोल अन्तरले हराएको हो ।
नेदरल्यान्ड्सको जितमा मेम्फिस डिपेले दुई गोल गरे ।
खेलको ४० औं स्टिभेन बेर्जविजनले गोल गर्दै नेदल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।
५१ औं मिनेटमा मेम्फिसले गोल गर्दै डच टोलीलाई २-० को अग्रता दिलाए ।

खेलको ६१ औं मिनेटमा डेन्जेल डुमफ्रिसले गोल गर्दै नेदरल्यान्ड्सको अग्रता ३-० को बनाए ।
मेम्फिसले ६५ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि नेदरल्यान्ड्स ४-० ले अघि रह्यो ।
त्यसपछि खेलको इन्जुरी समयमा बेल्जियमका मिची बात्सुआईले एक गोल फर्काएपनि नेदरल्यान्ड्स ४-१ ले विजयी भयो ।
यस जितसँगै लिग ए समूह ४ को नेदरल्यान्ड्सले पहिलो खेलमा ३ अंक जोडेको छ । नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेको छ ।
बेल्जियमले हारबाट लिगको सुरुआत गरेको छ । बेल्जियम समूहको पुछारमा रहेको छ ।