काठमाडौं । इंग्लिस क्लब आर्सनलका फरवार्ड एलेसान्द्रे लाकाजेटले क्लब छाडेका छन् ।
प्रिमियर लिग क्लब आर्सनलले शुक्रबार लाकाजेटले क्लब छाडेको जनाएको छ ।
फ्रेन्च फरवार्ड लाकाजेटले पाँच वर्ष आर्सनलमा बिताएर क्लब छाडेका हुन् ।
लाकाजेट २०१७ मा लियोनबाट आर्सनल आएका थिए ।
आर्सनलका लागि उनले २ सय ६ खेल खेल्दै ७१ गोल गरे ।
लाकाजेटले आर्सनलका लागि एफए कप र कम्युनिटी शिल्ड जितेका थिए ।