काठमाडौं । चर्च ब्वाइज क्लबले चौंथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपमा विजयी सुरुआत गरेको छ ।
पिप्ले–क्याम्पा रंगशालामा शुक्रबार भएको खेलमा चर्च ब्वाइजले भरतपुर फुटबल क्लबमाथि ३-० गोलले जित निकालेको हो ।
जितसँगै चर्च ब्वाइजले प्रतियोगिताको अन्तिम आठमा स्थान बनाएको छ । चर्च ब्वाइजले अब क्वाटरफाइनलमा एभेनिर एफसीको सामना गर्नेछ ।
चर्च ब्वाइजका लागि आशिष चौधरीले दुई गोल गरे । यस्तै हेमन्त थापा मगरले एक गोल गरेका थिए ।
खेलको ४८ औं मिनेटमा चर्च ब्वाइज क्लबका आशिष चौधरीले आकर्षक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । वन भर्सेस वनको स्थितीमा गोल गर्दै आशिष चौधरीले टिमलाई अग्रता दिलाएको थियो।
खेलको ६२ औं मिनेटमा चर्च ब्वाइज क्लबले अग्रतालाई दोबर बनाएको हो । चर्च ब्वाइज क्लबका हेमन्त थापा मगरले डिबक्स भित्रबाट सानदार गोल गरे ।
खेलको ६२ औं मिनेटमा चर्च ब्वाइज क्लबले अग्रतालाई दोबर बनाएको हो । चर्च ब्वाइज क्लबका हेमन्त थापा मगरले डिबक्स भित्रबाट सानदार गोल गरे ।
चर्च ब्वाइज क्लबले खेलको ७७ औं मिनेटमा तेस्रो गोल गरेको थियो । भरतपुर फुटबल क्लबको कमजोर रक्षापंक्तीको फाईदा उठाउदै चर्च ब्वाइज क्लबका आशिष चौधरीले प्रहार गरेको बल गोलमा परिणत भएको थियो ।
खेलको म्यान अफ दि म्याच चर्च ब्वाइज क्लबका आशिष चौधरी घोषित भए । उनले नगद १० हजार र ट्रफि प्राप्त गरे।
प्रतियोगितामा शनिबार फ्रेन्ड्स क्लब र सशस्त्र प्रहरी (एपीएफ) क्लब प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।