काठमाडौं । झापा फुटबल क्लबका पारस कार्की सी डिभिजन लिगका सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।
शुक्रबार सम्पन्न लिगमा झापालाई लिग च्याम्पियन बनाउँदै बी डिभिजनमा पुर्याउन महत्वपुर्ण योगदान गरेका पारस लिगकै सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् ।
उनले व्यक्तिगत उपाधि सहित ५० हजार रुपैयाँ प्राप्त गरे ।
लिगको अन्तिम खेलमा जित निकाल्दै झापा सी डिभिजन लिगको च्याम्पियन बन्यो ।
यस्तै, प्रतियोगितामा प्लानिङ ब्वाइज युनाईटेडका लोकेश चौधरी उत्कृष्ट गोलकिपर घोषित भए । उनले ३५ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा प्लानिङका फागुराम थारु र सानेपाका खेमराज तामाङ सर्वाधिक गोलकर्ता बने । दुवैले समान १४ गोल गरेका थिए । दुवैले ३५ हजार रुपैयाँ बराबरी बाडेका ।
महाबिर क्लबले फेयर प्ले अवार्ड जित्यो ।
यस वर्षको सि डिभिजन लिगको उपाधि झापा फुटबल क्लबले जितेको छ । लिग च्याम्पियन बन्दै झापा बी डिभिजनमा बढुवा भएको छ ।
यस्तै, प्लानिङ ब्वाइज अन्तिम खेलमा जित निकाल्दै बी डिभिजनमा उक्लिने दोस्रो टोली बनेको छ ।