काठमाडौं । प्लानिङ ब्वाइज युनाईटेड सहिद स्मारक 'बी' डिभिजन लिगमा बढुवा भएको छ ।
सहिद स्मारक 'सी' डिभिजन लिग अन्तर्गत आफ्नो अन्तिम खेलमा ओसिस क्लबलाई ५-० गोल अन्तरले हराउँदै प्लानिङ बढुवा भएको हो ।
प्लानिङको जितमा फागु राम थारुले ह्याट्रिक गोल गरे ।
यस्तै अर्जुन कुमार राना र ओम प्रकास चौधरीले एक एक गोल गरे ।
यस जितसँगै प्लानिङले १३ खेलमा ३१ अंक जोड्यो । र, शीर्ष दुईमा स्थान पक्का गर्यो ।
ओसिस भने रेलिगेसनमा परेको छ ।
यस्तै झापा फुटबल क्लब यस अघि नै बढुवा भईसकेको छ ।
त्यस्तै विरगंज युथ एकेडेमी पनि यस अघि नै रेलिगेसनमा परिसकेको छ ।