एजेन्सी । नर्वेजियन फरवार्ड एर्लिङ हालाण्ड इतिहाद आईसकेपछि म्यानचेस्टर सिटीले विश्वको उत्कृष्ट नौं नम्बरको खेलाडीलाई अनुबन्धन गर्न सफल भएको छ ।
म्यानचेस्टर सिटीका खेलाडी केभिन डी ब्रुइन मान्छन्, 'क्लबले प्रशिक्षक पेप ग्वार्डिओलाको नेतृत्वमा हालाण्ड जस्ता खेलाडी खोजिरहेको थियो ।'
नर्वेजियन खेलाडी हालाण्ड बोरुसिया डर्टमण्डबाट ५१ मिलयन पाउण्डमा प्रिमियर लिगमा आएका छन् । हालाण्डको आगमनले सिटीको आक्रमण अझ मजबुद भएको विश्वास गरिएको छ ।
‘ग्वार्डिओलाले सधै फुटबलको नौं नम्बरको खेलाडीको खोजी गरिरहेका थिए ।’ ब्रुइन भन्छन्, ‘क्लबले लामो समयका लागि समक्ष खेलाडीलाई खोजी गर्न सफल भएको छ ।’
‘हालाण्ड उच्च श्रेणीका फरवार्ड हुन् ।’ डी ब्रुइनले एक अन्तरवार्तामा भनेका छन् ।
‘उनको आगमनले टिमलाई अघि बढ्न थप मदत गर्नेछ । सबैले उनीबाट धेरै आश गरेका छन् । हामी सधै नम्बर नौं खोजिरहेका थियौं ।’ ब्रुइनले थपे ।
‘मलाई लाग्छ, उनी जस्ता फरवार्ड टिममा हुनु निकै राम्रो हो । जो सिजनमा २० देखि २५ गोल गर्न सक्छन् ।’ उनले भने ।
ब्रुइनले यस सिजन १५ प्रिमियर लिग गोल र ८ गोलको अवसर सिर्जना गर्दै प्लेयर अफ दी सिजनको अवार्ड हात पारेका थिए । ब्रुइनले हालाण्डको आगमनले आफुलाई पनि थप सहयोग मिल्ने विश्वास ब्यक्त गरे ।
‘धेरै वर्ष मैले यस वर्षभन्दा अधिकतम गोलको अवसर सिर्जना गरेको छु । तर गोलको अवसर सिर्जना गर्ने र अरु चिज उस्तै मात्र रह्यो । नम्बर फुटबलको एउटा हिस्सा हो तर त्यसले तपाईको पुरा कथा भन्दैन ।’ उनले थपे ।