काठमाडौं । चौंथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप २०७९ अन्तर्गत आज शुक्रबार बिएफसी चितवन र चर्च ब्वाइज क्लबबीच खेल हुँदैछ ।
पिप्ले–क्याम्पा रंगशालामा हुने बिएफसी चितवन र चर्च ब्वाइजबीचको खेल अपरान्ह ३ बजे सुरु हुनेछ ।
यस खेलको विजेताले क्वाटरफाइनलमा बिदेश टिमको एभिनियर एफसी सामना गर्नेछ।
प्रतियोगितामा साविक विजेता नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मर्स्याङ्दी क्लब, फ्रेण्डस् क्लब, खुमलटार युथ क्लब, नव जनजागुती युवा क्लब सिमरा, बागमती युवा क्लब सर्लाही, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी गरि १२ टोलीको सहभागीता रहेको छ।
प्रतियोगिताको विजेताले १५ लाख तथा उपविजेतालाई १० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् ।