काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज मैत्रीपूर्ण अभ्यास खेलमा ओमानको सामना गर्दैछ ।
नेपालले कतारको सुहिम बिन हामद स्टेडियममा ओमानको सामना गर्नेछ । खेल नेपाली समय अनुसार राति ९:४५ बजे सुरु हुनेछ ।
एएफसी एसियन कप छनोट अघि दोहामा तयारी गरिरहेको नेपालले ओमानसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
यस अघि नेपालले मैत्रीपूर्णमा टिमोर लिस्टेको यू-२३ टोलीसँग २-२ गोलको बराबरी खेलेको थियो । यस्तै श्रीलंकासँग १-१ को बराबरी खेलेको थियो ।
नेपाली टोली कतारबाटै छनोटका लागि कुवेत जाने छन् ।
छनोटमा नेपाल समूह 'ए' मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।
छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।
नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ ।
नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ ।
हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली एसियन कप २०२३ मा छनोट हुने छन् ।