शकिब बंगलादेशको टेस्ट कप्तान
शुक्रबार, जेठ २०, २०७९खेलपाटी संवाददाता

काठमाडौं । बंगलादेशले अलराउण्डर शकिब अल हसनलाई टेस्ट कप्तान नियुक्त गरेको छ ।
मोमिनुल हकले कप्तानी छाडेपछि बंगलादेश क्रिकेट बोर्डले हसनलाई कप्तानी दिएको हो ।
घरेलु मैदानमा श्रीलंकासँगको टेस्ट सिरिज गुमाएपछि मोमिनुलले राजीनामा दिएका थिए । दुई खेलको टेस्टमा श्रीलंकाले सिरिज १-० ले जितेको थियो ।
ब्याट्सम्यान मोमिनुल २०१९ मा टेस्ट कप्तान चयन भएका थिए ।
शकिबलाई प्रतिबन्ध लागेपछि मोमिनुल कप्तान भएका थिए ।
यस्तै लिटोन दासलाई उपकप्तान चयन गरिएको छ ।
शकिब बंगलादेशको टेस्ट कप्तान








-1762758084543.jpg&w=3840&q=75)





