• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
रुसी राष्ट्रपति पुटिनलाई पेलेको खुलापत्र
खेलपाटी संवाददाता
बिहीबार, जेठ १९, २०७९ खेलपाटी संवाददाता
रुसी राष्ट्रपति पुटिनलाई पेलेको खुलापत्र

काठमाडौं । ब्राजिलका फुटबल लेजेन्ड पेलेले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई युक्रेनमा रुसी सेनाको आक्रमण अन्त्य गर्न अनुरोध गर्दै खुलापत्र लेखेका छन् ।

युद्धग्रस्त युक्रेनको राष्ट्रिय टोलीले २०२२ फिफा विश्वकपका लागि छनोट हुने आशा जीवितै राखेको अवस्थामा पेलेको पत्र सार्वजनिक भएको छ ।

'आज युक्रेनले कम्तिमा ९० मिनेटको लागि त्यो त्रास भुल्न खोजेको छ, जसले अझै पनि आफ्नो देशलाई घेरेको छ,'  युक्रेनी राष्ट्रिय फुटबल टोलीले विश्वकपको प्लेअफ सेमिफाइनलमा स्कटल्याण्डसँग खेल्नु अघि पेलेले इन्स्टाग्राममा पोस्ट गरेका छन् ।

युक्रेनले स्कटल्याण्डलाई ३-१ ले हराएको थियो । अब उसले बुधबार वेल्सको सामना गर्दै समूह 'बी' बाट अगाडी बढ्न चाहन्छ । समूह 'बी' मा  इङ्ल्यान्ड, अमेरिका र इरान रहेका छन् ।

'म आजको खेललाई अनुरोध गर्ने अवसरको रूपमा प्रयोग गर्न चाहन्छु: आक्रमण रोक्नुहोस् । यो निरन्तर हिंसाको कुनै औचित्य छैन,' तीन पटकको विश्वकप बिजेताले पुटिनलाई खुलापत्रमा लेखेका छन्, 'यो द्वन्द्व खराब छ, अव्यावहारिक छ र यसले पीडा, डर,आतंक बाहेक केही ल्याउँदैन । युद्धले केवल राष्ट्रहरू अलग मात्र गर्छ । त्यो राम्रो विचार हुनै सक्दैन जसले साना बच्चाहरूको सपना निमोठ्ने, परिवारलाई बर्बाद गर्ने र निर्दोषहरूलाई मार्ने क्षेप्यास्त्रहरूलाई अस्तित्त्व दिन्छ ।' 

पेलेले विगतमा पुटिनलाई भेटेको र हात मिलाएर लामो मुस्कान आदान प्रदान गरेको सम्झना गरे ।

'यो द्वन्द्व रोक्ने शक्ति तपाइँको हातमा छ। मैले मस्कोमा सन् २०१७ मा हाम्रो अन्तिम भेटमा भेटेको जस्तै तपाइँबाट मुस्कान चाहन्छु,' उनले लेखेका छन् ।

महान फुटबलरका रूपमा मानिने पेलेले १९७७ मा सन्यास लिनु अघि १ हजार भन्दा बढी गोल गरेर किर्तिमान कायम गरेका थिए ।

हाल उनी  अस्वस्थ छन् । गत सेप्टेम्बरमा पेलेको कोलोन ट्युमरको शल्यक्रिया गरिएको थियो । अहिले केमोथेरापी चलिरहेको छ ।

उनको सन्देश युक्रेन द्वन्द्वको १०० औं दिनको नजिक आइपुगेको छ ।  रुसी सेनाको कीभलाई कब्जा गर्ने प्रयास गर्न असफल भएपछि देशको पूर्वीक्षेत्रमा भयंकर लडाइँ भईरहेको छ ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
फाइभ ए साइड इन्डोर हक्कीमा आर्मी च्याम्पियन
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
सुदिपको नेतृत्वमा साईक्लिङ संघ  
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
पहिलोपल्ट फाइभ 'ए' साइड हक्की हुँदै
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
खेलकुद पत्रकार मञ्च रुपन्देहीको अध्यक्षमा सुमन
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
१२७ जना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मानित
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
मुलरले अन्तिम हात हल्लाए
मुलरले अन्तिम हात हल्लाए
नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
नवौं दक्षिण एसियाली करातेमा नेपालले दोस्रो
मियामीको जितमा मेसीको २ गोल
मियामीको जितमा मेसीको २ गोल
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
सेमिफाइनलमा पीएसजी र रियल भिड्ने
कठिन जितसहित रियल सेमिफाइनलमा
कठिन जितसहित रियल सेमिफाइनलमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP