सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

मत बदरको निर्णयविरुद्ध पुनरावेदनमा जाने

बिहिबार, १९ जेठ २०७९खेलपाटी संवाददाता
मत बदरको निर्णयविरुद्ध पुनरावेदनमा जाने
Loading ad...
mustang rice ad

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आसन्न निर्वाचनमा चार मत अयोग्य हुने निर्वाचन समितिको निर्णयविरुद्ध सम्बद्ध क्लब, संघ र जिल्ला पुनरावेदनमा जाने भएका छन् ।

मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने क्रममा एन्फाको निर्वाचन समितिले चार मत अयोग्य हुने निर्णय गरेको थियो । 

प्राप्त दाबी विरोधमाथि छानविन गर्दै निर्वाचन समितिले फ्रेन्ड्स क्लबका दिपक थापा, सरस्वती क्लबका उत्तम भण्डारी, सिराहा जिल्लाका प्रविण यादव र महिला संघकी पेमा डोल्मा लामाको मत बदर हुने निर्णय गरेको थियो । 

एन्फाका केन्द्रिय पदाधिकारी प्रतिनिधि बनेर आएको भन्दै सिराहा, एन्फाको स्थायी कमिटिमा रहेको भन्दै सरस्वती, कीर्ते कागजात बुझाएको भन्दै महिला संघ र निर्वाचन प्रक्रिया सुरु भैसकेको अवस्थामा राजीनामा दिएको भन्दै दिपक थापाको मताधिकार बदर गर्ने निर्णय भएको थियो ।

चार वटै मत एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा पक्षको रहेका छन् ।

सरस्वती क्लबका महासचिव उत्तम भण्डारीले निर्वाचन समितिको निर्णयविरुद्ध आफुहरु पुनरावेदनमा जाने खेलपाटीलाई बताए । उनले पुनरावेदनमा जानका लागि आन्तरिक गृहकार्य भैरहेको उल्लेख गरेका छन् ।

‘निर्वाचन समितिको निर्णयले हामीलाई अन्याय भएको छ ।  समितिले आफु अनुकुलको ब्याख्या गरेको छ ।’ उनले भने । ‘त्यस्तो ब्याख्या किन, कहाँबाट प्रभावित बनेर गरियो भन्ने कुरा विषय हामी खोज्नेनै छौं ।’ भण्डारीले थपे ।

एन्फाको सामाजिक उत्तरदायित्व समितिमा बसेको भन्दै भण्डारी मताधिकार सहित सहभागी हुन नपाउने निर्वाचन समितिको ठहर छ । सरस्वती क्लबबाट शिक्षित पराजुली एन्फाको आसन्न निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । निर्वाचन समितिको निर्णयमा चित्त नबुझेको खण्डमा पुनरावेदनमा जान सकिने ब्यवस्था रहेको छ । 

एन्फाको आसन्न निर्वाचनमा जिल्ला, क्लब र संघ गरि ८७ मत रहेका थिए । सिन्धुली र भक्तपुर निर्वाचनमा सहभागी हुन नपाउने भएपछि जम्मा मत संख्या ८५ मा घटेको थियो । चार मत बदर गर्दै निर्वाचन समितिले ८१ जनाको अन्तिम नामावली प्रकाशन गरेको छ ।

एन्फाका आसन्न निर्वाचनमा वर्तमान अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङ प्यानल सहित चुनावी प्रतिस्पर्धामा छन् । 

यो पनि, एन्फा निर्वाचनको चार भोट बदर !

 

Loading ad...
LiNing Ad
#अखिल नेपाल फुटबल संघ एन्फा

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हार्‍यो राजस्थान

हार्‍यो राजस्थान

मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

नाइजेरियालाई पराजित गर्दै युवा समाज सेमिफाइनलमा

नाइजेरियालाई पराजित गर्दै युवा समाज सेमिफाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आर्मीलाई मजबुत बनाउन विनोदको शतक