काठमाडौं । आर्सनलका डिफेन्डर बेन ह्वाइट इंग्ल्यान्डको टोलीबाट बाहिरिएका छन् ।
नेसन्स लिगका लागि इंग्ल्यान्डले घोषणा गरेको २७ सदस्सीय टोलीमा ह्वाइट रहेका थिए ।
तर, चोटका कारण उनी टिमबाट बाहिरिएका छन् ।
इंग्ल्यान्डले आगामी शनिबार हंगेरीको सामना गर्दैछ ।
त्यसपछि जर्मनी र इटालीको सामना गर्नेछ ।