काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका मिडफिल्डर इस्कोले क्लब छाडेका छन् ।
इस्कोले सोमबार सामाजिक संजालबाट रियल छाडेको बताएका छन् ।
स्पेनिस मिडफिल्डर इस्कोले ९ वर्ष बिताएर रियल छाडेका हुन् ।
रियलसँग इस्कोको सम्झौता जुन ३० सम्म रहेको छ ।
तर, इस्कोले सम्झौता नवीकरण नगर्ने भएका हुन् ।

३० वर्षीय इस्को २०१३ मा मालागाबाट रियल आएका थिए ।
रियलका लागि इस्कोले ३ सय ५२ खेलमा ५३ गोल गरेका थिए । जसमा ५६ असिस्ट रहेको छ ।
यस सिजन रियलका लागि उनले १३ खेल खेलेका थिए ।
इस्कोले रियलबाट ४ च्याम्पियन्स लिग र ३ ला लिगा जितेका छन् ।