काठमाडौं । क्रोएसियाका विंगर इभान पेरिसिच इंग्ल्यान्डको लण्डन पुगेका छन् ।
इंग्लिस क्लब टोटेनहमसँग सम्झौताका लागि पेरिसिच लण्डन पुगेका हुन् ।
पेरिसिचको आजै मेडिकल हुनेछ । मेडिकलपछि पेरिसिचले लण्डन क्लबसँग औपचारिक सम्झौता गर्ने छन् ।
प्रिमियर लिग क्लबले पेरिसिचलाई फ्री ट्रान्सफरमा इटालियन क्लब इन्टर मिलानबाट अनुबन्ध गर्न लागेको हो ।
पेरिसिचसँग टोटेनहमले २ वर्षको सम्झौता गर्ने बताईएको छ ।
३३ वर्षीय पेरिसिच २०१५ मा उल्फ्सवर्गबाट इन्टर आएका थिए ।
पेरिसिचले २०१९/२० को सिजन भने बायर्न म्युनिखबाट लोनमा खेलेका थिए ।