रियलको उत्सव र्र्यालीमा एमबाप्पेविरुद्ध नाराबाजी

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका समर्थकले केलियन एमबाप्पेविरुद्ध नाराबाजी गरेका छन् ।
च्याम्पियन्स लिगको उपाधि जितेपछि आयोजित विजयी उत्सव र्र्यालीमा समर्थकले एमबाप्पेविरुद्ध नाराबाजी गरेका थिए ।
डिफेन्डर मार्सेलोले भाषण गरिरहेको बेला समर्थकहरुले 'केलियन एमबाप्पे, सन अफ बीच' भन्दै नाराबाजी गरेका थिए ।
रियलले आइतबार राति लिभरपुललाई हराएर च्याम्पियन्स लिगको उपाधि जितेको थियो ।
पेरिस सेन्ट जर्मेन (पीएसजी) का फ्रान्सेली फरवार्ड एमबाप्पे रियल नआएपछि समर्थकहरु रिसाएका हुन् ।
रियलसँग अनुबन्धका लागि मौखिक सहमति गरेपनि एमबाप्पेले पीएसजीसँगको सम्झौता नवीकरण गरेका थिए ।
Real Madrid fans too preoccupied with Kylian Mbappé during their Champions’ League title celebrations:
— Get French Football News (@GFFN) May 29, 2022
“Kylian Mbappé, son of a b***h.” (🎥@videosdetrunks) pic.twitter.com/ZYrZDAbh5r






-1775932166938.webp&w=3840&q=75)





