काठमाडौं । नटिङ्घम फरेस्ट प्रिमियर लिगमा बढुवा भएको छ ।
च्याम्पियनसिपको प्ले अफ फाइनलमा हडर्सफिल्ड टाउनलाई १-० ले हराउँदै नटिङ्घम प्रिमियर लिगमा उक्लिएको हो ।
नटिङ्घमलाई जित दिलाउन लेभी कोल्विलले निर्णायक गोल गरे ।
नटिङ्घम २३ वर्षपछि प्रिमियर लिगमा बढुवा भएको हो ।
यस अघि नटिङ्घमले १९९९ को सिजन प्रिमियर लिग खेलेको थियो ।