मानेले लिभरपुल छाड्ने
आइतबार, जेठ १५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब लिभरपुलका फरवार्ड साडियो मानेले क्लब छाड्ने भएका भएका छन् ।
सेनेगलका फरवार्ड मानेले यसै समरमा क्लब छाड्ने गोलडटकमले जनाएको छ ।
मानेले लिभरपुललाई क्लब छाड्ने जानकारी गराईसकेको बताईएको छ ।
पछिल्लो समय माने जर्मन क्लब बायर्न म्युनिख जाने चर्चा चलेको छ ।
बायर्नले उनलाई अनुबन्धको लागि ३० मिलियन युरोको प्रस्ताव गर्ने तयारी गरेको बताईएको छ ।
३० वर्षीय माने २०१६ मा साउथह्याम्पटनबाट लिभरपुल आएका थिए ।
उनले लिभरपुलका लागि प्रिमियर लिग, एफए कप लगायत ६ उपाधि जितिसकेका छन् ।
मानेले लिभरपुलका लागि २ सय ६९ खेलमा १ सय २० गोल गरेका छन् । यस्तै ४८ असिस्ट रहेको छ ।
मानेले लिभरपुल छाड्ने












