राङनिकले छाडे युनाईटेड
आइतबार, जेठ १५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडका पूर्व अन्तरिम प्रशिक्षक राल्फ राङनिकले क्लब छाडेका छन् ।
युनाईटेडले आइतबार एक विज्ञप्ति निकाल्दै राङनिकले क्लब छाडेको जनाएको छ ।
६३ वर्षीय जर्मन प्रशिक्षक राङनिक युनाईटेडको सल्लाहकार भूमिकामा रहेका थिए ।
एरिक टेन ह्याग मुख्य प्रशिक्षक नियुक्त भएपछि उनी अन्तरिम प्रशिक्षकबाट सल्लाहकार भूमिकामा रहेका थिए ।
तर, अष्ट्रियाको राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा केन्द्रित हुन उनले युनाईटेड छाडेका हुन् ।
राङनिकले अष्ट्रिया एफएसँग दुई वर्षको सझौता गरेका छन् ।
राङनिकले छाडे युनाईटेड












