आरसी ३२ विजयी, ओसिस रेलिगेसनमा
आइतबार, जेठ १५, २०७९खेलपाटी संवाददाता

काठमाडौं । आरसी ३२ फुटबल एकेडेमीले सहिद स्मारक 'सी' डिभिजन लिगमा जित निकालेको छ ।
एन्फा कप्लेक्स सातदोबाटोमा आइतबार आरसी ३२ ले मनोहरा युनाईटेडलाई २-१ गोल अन्तरले हराएको हो ।
आरसी ३२ को जितमा बबिन बोहरा र विवेक सन्तोषीले एक एक गोल गरे ।
मनोहराका मोहन बहादुर थापा मगरले एक गोल गरे ।
जितसँगै आरसी ३२ ले १२ खेलमा २८ अंक जोडेको छ ।
मनोहराले १२ खेलमा १३ अंक जोडेको छ ।
अर्को खेलमा महाबिर क्लबले ओसिस क्लबलाई ३-० ले हराएको छ ।
महाबिरको जितमा रोमन तामाङले दुई तथा सुरज थारुले एक गोल गरे ।
जितसँगै महाबिरले १२ खेलबाट २२ अंक जोडेको छ ।
ओसिसले १२ खेलमा ४ अंक जोडेको छ ।
यस हारसँगै ओसिस रेलिगेसनमा परेको छ ।
त्यस्तै अर्को खेलमा रानीबन स्पोर्ट्स क्लबले खालीबारी युथ क्लबलाई ४-० ले हराएको छ ।
आरसी ३२ विजयीओसिस रेलिगेसनमा












