सोमबार, ३० चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Loading ad...
Bhat Bhateni Supermarket Ad

खेलकुद मन्त्रालयको बजेट घट्यो 

आइतबार, १५ जेठ २०७९खेलपाटी संवाददाता
खेलकुद मन्त्रालयको बजेट घट्यो 
Loading ad...
mustang rice ad

काठमाडौं । नयाँ आर्थिक वर्षका लागि  युवा तथा खेलकुद मन्त्रालयको बजेट घटेको छ । 

सरकारले नयाँ आर्थिक वर्षका लागि पेश गरेको बजेटमा युवा तथा खेलकुद मन्त्रालयको बजेट घटेको हो । 

संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले नयाँ आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्व ४६ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिए । 

चालू आर्थिक वर्षमा सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

खेलकुद विवाद अदालत प्रवेश गरेसँगै यस वर्ष खेलकुदको बजेट खासै सदुपयोग हुन सकेको छैन । सोही कारण सरकारले नयाँ आर्थिक वर्षमा खेलकुदको बजेट घटाएको हो । 

सरकारले खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्लाई २ अर्व ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

यस्तै नयाँ आर्थिक वर्षमा खेल पूर्वाधारमा ८७ करोड रुपैयाँ बजेटको विनियोजन  गरिएको छ ।  

सरकारले खेलकुद पर्यटनको प्रवर्द्धनका लागि सार्वजनीक नीजि साझेदारीमा शाहसीक तथा पर्वतीय खेलकुदका पूर्वाधार निर्माण तथा सञ्चालन गर्न प्रोत्साहन गरिने व्यवस्था बजेटमा गरेको छ । जुम्लाको कोप्लापाटन लगायतका स्थानमा हाइअल्टिच्युड एण्ड स्पोर्टस सेन्टर स्थापना गर्न बजेट विनियोजन गरिएको छ । 

सरकारले नयाँ आर्थिक वर्षमा मुलपानी क्रिकेट मैदानको निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । साथै कीर्तिपुरस्थित त्रिवि मैदानमा रात्रिकालिन खेल सञ्चालन गर्न सकिने गरि फ्लड लाईट राख्न आवश्यक बजेट विनियोजन गरेको बताएको छ ।  

संसदमा नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रदेश र स्थानीय तहसँगको समन्वयमा चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तराष्ट्रिय खेल मैदानको निर्माण कार्य पुरा गरिने बताए । उनले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक रकम विनियोजन गरेको जानकारी दिए । साथै कर्णाली प्रदेशमा आयोजना हुने दशौं राष्ट्रिय खेलकुदका लागि आवश्यक पुर्वाधारण निर्माण गरिने बताएका छन् । 

सरकारले स्थानीय तह खेल ग्राम कार्यक्रमलाई निरन्तरता दिदै बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमी निर्माण र रंगशालाका लागि आवश्यक बजेट विनियोजन गरेको बताएको छ । 

अर्थमन्त्री शर्माले धनगढीको फाप्ला अन्तराष्ट्रिय खेल मैदान र खेलग्रामको निर्माण गरिने उल्लेख गर्दै नीजि क्षेत्रलाई खेल विश्वविद्यालय खोल्न प्रोत्साहित गरिने बताए । 

सरकारले विदेश क्लबलाई नेपालमा फ्रेन्चाईज लिग गर्न अनुकुल वातावरण निर्माण गरिने बताएको छ । 

अर्थमन्त्री शर्माले खेलकुद संघको संस्थागत क्षमता विकास गरि खेलकुद प्रतियोगिता आयोजनामा खेल संघको भुमिका प्रभावकारी बनाईने उल्लेख गर्दै खेल संघलाई दिदै आएको अनुदानलाई वृद्धि गरिएको बताएका छन् । 

सरकारले खेलाडी र प्रशिक्षकको क्षमतालाई अभिवृद्धि गर्दै खेलाडीलाई प्रोत्साहन गर्ने कार्यलाई निरन्तरता दिएको बताएको छ । सरकारले अन्तराष्ट्रिय तथा राष्ट्रिय खेलकुदमा प्रतियोगितामा सहभागी सम्पुर्ण खेलाडीको विमाको प्रबन्ध गरिने व्यवस्था बजेटमा मिलाएको छ ।  

नयाँ आर्थिक वर्षको बजेट कार्यक्रममा महोत्तरीको मटियानी, चितवनको कठार, पूर्वी नवरपरासीको मध्यविन्दुमा स्थानीय तह र नीजि क्षेत्रको सहकार्यमा अत्याधुनिक रिक्रियसन सेन्टर स्थापना गरिने उल्लेख गरेको छ । एसियाली र ओलम्पिक खेलमा पदक विजेता खेलाडीलाई आजिवन भत्ताको व्यवस्था बजेटमा गरिएको छ । 
 

Loading ad...
LiNing Ad
#खेलकुद #बजेट

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

कर्णालीका नवनियुक्त सदस्य–सचिव चन्दले लिए शपथ

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

रविन्द्र कर्णाली प्रदेश खेलकुद विकास परिषद्को सदस्य सचिवमा नियुक्त

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

तेस्रो बागमती प्रदेश खेलकुद जेठमा हुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

मछिन्द्रलाई स्तब्ध पार्दै पुलिस सेमिफाइनलमा

नाइजेरियालाई पराजित गर्दै युवा समाज सेमिफाइनलमा

नाइजेरियालाई पराजित गर्दै युवा समाज सेमिफाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

आर्मी र सुदूरपश्चिम फाइनलमा

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

एपीएफको जितमा आसिफको कीर्तिमानी दोहोरो शतक

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

पहिलोपल्ट सुदूरपश्चिम प्रधानमन्त्री कपको फाइनलमा

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

घोडाघोडी ओसन कपको प्लेट च्याम्पियन

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आर्मीलाई मजबुत बनाउन विनोदको शतक

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो

आशिफको दोहोरो शतकसँगै एपीएफ बलियो