काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक कार्लो एन्सेलोटी ४ पटक च्याम्पियन्स लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक बनेका छन् ।
शनिबार राति रियललाई २०२१/२२ को च्याम्पियन्स लिगको उपाधि दिलाएसँगै एन्सेलोटी पहिलो प्रशिक्षक बनेका हुन् ।
एन्सेलोटीले यस अघि एसी मिलानलाई दुई पटक र रियललाई नै एक पटक उपाधि दिलाएका थिए ।
मिलानलाई एन्सेलोटीले सन् २००२/३ र २००६/७ को सिजन उपाधि दिलाएका थिए । यस्तै २०१३/१४ को सिजन रियललाई एन्सेलोटीले उपाधि दिलाएका थिए ।
उनी युरोपको शीर्ष पाँच लिगको उपाधि जित्ने पहिलो प्रशिक्षक समेत हुन् ।
रियललाई यस सिजन स्पेनिस ला लिगाको उपाधि दिलाएसँगै एन्सेलोटी ५ युरोपियन लिग जित्ने पहिलो प्रशिक्षक बनेका थिए ।