काठमाडौं । सहिद स्मारक 'सी' डिभिजन लिगमा सानेपा क्लब र विरगंज युथ एकेडेमीले बराबरी खेल्दै अंक बाडेका छन्।
एन्फा कप्लेक्स सातदोबाटोमा शनिबार सानेपा र विरगंजले १-१ गोलको बराबरी खेलेका हुन् ।
खेलको १९ औं मिनेट खेमराज तामाङले गोल गर्दै सानेपालाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, ७० औं मिनेटमा सिद्धान्त अधिकारीले गोल गर्दै विरगंजलाई १-१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै सानेपाले ११ खेलमा १७ अंक जोडेको छ ।
विरगंजले ११ खेलमा ५ अंक जोडेको छ ।
'सी' डिभिजनमा १४ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् ।
लिगका शीर्ष दुई टिम 'बी' डिभिजनमा बढुवा हुनेछन् । दुई टिम रेलिगेशनमा पर्नेछन् ।