काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सी आधिकारिक रुपमा अमेरिकी बिलिनियर्स टोड बोहली र उनको नेतृत्वमा रहेको क्लियरलेक क्यापिटल कन्सोर्टियमले किनेका छन् ।
चेल्सीले शनिबार एक विज्ञप्ति जारी गर्दै टोडको नेतृत्वमा रहेको कम्पनिसँग अन्तिम सम्झौता भएको जनाएको छ ।
चेल्सीले क्लब खरिदको कारोबार भने सोमबारसम्म सकिने जनाएको छ ।
बिलिनियर्स टोडले ४.२५ विलियन पाउण्डमा चेल्सी किनेका हुन् । जसलाई बेलायत सरकार र प्रिमियर लिगको बोर्डले अनुमोदन गरेको थियो ।
चेल्सीका मालिक तथा रसियन अर्वपति रोमन अब्रामोविचले बेलायतमा बस्न प्रतिबन्ध लागेपछि चेल्सी बेचेका हुन् ।
रोमनले २००४ मा चेल्सी किनेका थिए ।