काठमाडौं । इंग्लिस क्लब एस्टन भिल्लाले डिफेन्डर डिएगो कार्लोसलाई अनुबन्ध गर्ने पक्का भएको छ ।
एस्टनले स्पेनिस क्लब सेभियाबाट डिफेन्डर कार्लोस अनुबन्ध गर्न लागेको हो ।
एस्टनले सेन्टर ब्याक कार्लोस अनुबन्धका लागि सेभियासँग सहमति भएको जनाएको छ ।
अब मेडिकलपछि कार्लोस र एस्टनबीच औपचारिक सम्झौता हुने बताईएको छ ।
ब्राजिलियन डिफेन्डर कार्लोसले सेभियाका लागि १ सय ३६ खेल खेलेका छन् ।
एस्टनले फिलिपे कौटिन्हो अनुबन्ध गरेपछि दोस्रो खेलाडीको रुपमा कार्लोसलाई अनुबन्ध गर्न लागेको हो ।
यस अघि एस्टनले मिडफिल्डर बुबाकर कमारालाई अनुबन्ध गरेको छ ।
